असार २०, २०८२ शुक्रबार July 4, 2025

परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने आईजीपी अर्यालको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकलाई तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।

सोमबार मुख्यालयमा निर्देशन दिँदै उनले भने, ‘सशस्त्र प्रहरीको बर्दी चम्काउने कि यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरूको हातमा छ, त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।’देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजस्व संकलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै महानिरीक्षक अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति नियमअनुसार काम गर्न निर्देशन दिए । ‘

देश र समाजका लागि गौरव गर्न लायक काम गर्न सक्नुभएन भने र व्यक्तिगत लोभलालचमा फस्नुभयो भने तपाईंहरूलाई कुनै शक्तिले पनि बचाउन सक्दैन, त्यसको हेक्का राख्नुहोला,’ आईजीपी अर्यालले भने । उच्च मनोबलका साथ देखिनेगरी र महसुस हुनेगरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन पनि उनले निर्देशन दिए ।

मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरूलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरूको प्रत्येक तीन–तीन महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मूल्यांकन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए । महानिरीक्षक अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न, नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा एक महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिए ।

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद् रोकथामका लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले संगठनलाई कुनै पनि तरिकाबाट दाग लगाउने कार्य सह्य नहुने बताए । ‘राजस्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानुनमा जे छ सोहीअनुसार गर्नुहोस्, तपाईंहरूलाई त्यसमा कुनै अर्को विकल्प छैन,’ आईजीपी अर्यालले भने, ‘गलत मनसाय राख्नुभयो भने त्यसको प्रत्यक्ष निगरानी मुख्यालयले गर्छ, त्यसमा बढी ध्यान दिनु होला ।’

राजस्व चुहावट नियन्त्रणमा आफूले आमूल परिवर्तन चाहेको उनले बताए । उनले आन्तरिक व्यवस्थापनमा समेत निकै जोड दिन, तालिमको गुणस्तर सुधार्न र प्रत्येक युनिटमा विपद् उद्धारका आधारभूत सामग्री तयारी हालतमा राख्नसमेत निर्देशन दिए । भावी पुस्ताले समेत गर्व गर्न लायक संगठन बनाउन प्रत्येक कमान्डर उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै महानिरीक्षक अर्यालले चेतावनी दिँदै भने, ‘तपाईंका नराम्रा कुरा फिल्डमा देख्न नपरोस् ।’

‘बेस्ट अफिसर इन राइट प्लेस’ अवधारणाअनुरूप सबै युनिटमा कमान्डका जिम्मेवारी दिएको बताउँदै उनले संगठनबाट लिने मात्रै होइन आफूले पनि संगठनका लागि के दिन सक्छु भन्ने भावनाका साथ काम गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा हालै सरुवा भएर कमान्डमा जान लागेका प्रदेशस्थित सशस्त्र प्रहरी बल बाहिनी मुख्यालयका बाहिनीपतिहरू, शिक्षालयका समादेशकहरूको उपस्थिति रहेको थियो । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार