असार २४, २०८२ मंगलबार July 8, 2025

मुलुकको व्यवस्था बदलिए पनि अवस्था बदलिएन : उपेन्द्र यादव

संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासकीय वर्ग पुरानै भएकाले परिवर्तनको अनुभूति जनताले गर्न नसकेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही, वैशाख १९ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा व्यवस्था बदलिए पनि अवस्था यथावत् रहेको टिप्पणी गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासकीय वर्ग पुरानै भएकाले परिवर्तनको अनुभूति जनताले गर्न नसकेको बताए।

जसपा नेपाल, रुपन्देही एकता प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले वर्तमान संविधान शोषित–उत्पीडितको पक्षमा नभएको धारणा राखे। “हिजोका शासक आज पनि शासक छन्, केवल व्यवस्था बद्लिएर केही हुँदैन, शासन र सत्ता पनि बदलिनुपर्छ,” उनले भने।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व हुनुपर्ने माग गर्दै महिलाहरू र दलितहरूको नाममात्रको सहभागिता रहेको आरोप लगाए। उनले दलित र महिलालाई सत्ता र निर्णय प्रक्रियाबाट पर धकेलिएको बताए।

यादवले मधेशमा न्यून बजेट दिइएको गुनासो गर्दै दक्षिणबाट विकास सुरु गरी उत्तरतर्फ विस्तार गर्नुपर्ने धारणा राखे। “हामीले आफूलाई वर्षौंसम्म शोषण गर्ने वर्गलाई फेरि–फेरि मतदान गरेर सत्तामा पुर्याइरहेका छौं, अब सचेत हुनुपर्छ,” उनले भने।

त्यस्तै, पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको आरोप लगाए। संघीयता कार्यान्वयनप्रति वर्तमान सरकारले इमान्दारी नदेखाएको उनको भनाइ थियो। उनले संविधान संशोधन र पुनर्लेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने चेतावनीसमेत दिए।

कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, वरिष्ठ नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायतले समेत मन्तव्य दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार