असार २०, २०८२ शुक्रबार July 4, 2025

कुलमानको नाफा, हितेन्द्रदेवको घाटाः के हो वास्तविकता ?

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता प्रचलित महसुल संकलन विनियमावलीअनुसार महसुल संकलन प्रक्रिया तत्काल सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा नाफामा रहेको नेपाल विद्युत् प्राधिकरण हितेन्द्रदेव शाक्यले एक महिना नहुँदै ५ अर्ब घाटामा रहेको देखाइ ‘कमिसन र भ्रष्टाचारका लागि मार्गप्रशस्त गरेको’ भन्दै आलोचना सुरु भएको छ ।

प्राधिकरणले शुक्रबार घाटामा गएको भन्दै १० अर्ब रुपैयाँ ऋण लिने र विद्युत् महसुल बढाउने संकेत दिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कार्यकारी निर्देशक शाक्यसँगै प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कालाई समेत मुछेर सामाजिक सञ्जालमा ‘भ्रष्टाचारी’ भन्दै गालीगलौच हुन थालेको छ ।

कार्यकारी निर्देशक शाक्यले आयकर ऐनको प्रावधानअनुसार थप ह«ासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमै रहेको जानकारी दिएका थिए ।

आर्थिक वर्ष २०८०-८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ छ भने चालू आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड नाफा भएको पनि उनले श्वेतपत्रमा उल्लेख गरेका थिए ।

निवर्तमान कार्यकारी निर्देशक घिसिङले ८ वर्षमा ४७ अर्ब रुपैयाँ सञ्चित मुनाफाको अवस्थामा पु¥याएको बताएका थिए । सरकारले गत ११ चैत २०८१ मा कुलमानलाई बर्खास्त गरेको थियो । शाक्यले थप ह्रासकट्टीको दाबीसहित गणना गर्दा प्राधिकरण सवा ५ अर्ब नोक्सानीमा रहेको बताएका छन् । घिसिङले भने तत्कालको सञ्चालन मुनाफा देखाएका थिए ।

कुलमान घिसिङले लेखाको सिद्धान्तअनुसार हिसाब देखाउँदा नाफा भएको र हितेन्द्रदेव शाक्यले कर कानुनको सिद्धान्तअनुसार हिसाब देखाउँदा घाटामा गएको देखिएको छ

सम्पत्तिको ह्रास हुँदै जाने भएकाले सम्पत्तिको मूल्य घट्दै जाँदा आम्दानी बढेको नदेखिने तर तत्कालको हिसाब गर्दा मुनाफा बढेको देखिने चार्टड एकाउन्टेन्टहरू बताउँछन् । घिसिङ र शाक्यको तर्क आ–आफ्नो हिसाबले ठीक रहेको पनि उनीहरू बताउँछन् । तर, हितेन्द्रदेवले कुलमानलाई गलत देखाउने मनसायले श्वेतपत्र जारी गरेको देखिएको भनाइ उनीहरूको छ ।

२०८१ माघसम्म प्राधिकरणको कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको र आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ रहेको जानकारी गराएको छ । श्वेतपत्रमा तीन वर्षदेखि महसुल समायोजन नभएकाले यसका लागि पहल गर्ने औंल्याइएको छ ।

त्यस्तै, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता प्रचलित महसुल संकलन विनियमावलीअनुसार महसुल संकलन प्रक्रिया तत्काल सुरु गर्ने उल्लेख छ ।

श्वेतपत्रमार्फत शाक्यले १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना प्राधिकरण आफैं वा सहायक कम्पनीमार्पmत् बनाउने जानकारी दिए । आगामी पाँच वर्षमा विद्युत् उत्पादन प्रसारण तथा वितरण प्रणाली विस्तारका लागि ६ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जानकारी दिँदै उनले चार खर्ब रुपैयाँ वैदेशिक र दुई खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउने लक्ष्य रहेको जानकारी दिए ।

कुलमानले विद्युतीकरण ९९ प्रतिशत पुगेको भनेकामा श्वेतपत्रमा ८४.६२ प्रतिशत देखाइएको छ । यस्तै विद्युत् चुहावट पनि कुलमानले भनेभन्दा बढी रहेको श्वेतपत्रमा उल्लेख छ । कुलमानले चुहावट १२.७३ प्रतिशतमा झारेको विवरण सार्वजनिक गरेकामा श्वेतपत्रमा १४.८५ प्रतिशत देखाइएको छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी थियो– विद्युत् प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा छ ।’

प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोेषसमेत गरेका थिए । आव २०७२÷०७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको कुलमान हुँदाको प्रतिवेदनमा भनिएको थियो । आर्थिक वर्ष ०८०-०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड छ ।

तर आयकर ऐनको प्रावधानअनुसार थप ह्राससकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म ५ अर्ब २६ करोड नोक्सानीमै रहेको श्वेतपत्रले स्पष्ट पारेको छ । प्राधिकरणको नाफा÷नोक्सानीका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले ७ अर्ब १९ करोड खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको उल्लेख गरेको छ । २९ करोड ९१ लाख आम्दानी नबाँधेको देखिन्छ ।

२०८०÷०८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब र स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । करिब २ खर्ब २० अर्ब रुपैयाँबराबरका निर्माणाधीन आयोजनाहरू रहेका र यी आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्ने अपेक्षा गरिएको छ । आयोजना ठेक्कापट्टामा दिएको भुक्तानीका लागि प्राधिकरणले १० अर्बसम्म अल्पकालीन ऋण लिने शाक्यले जानकारी दिए ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएको ठेक्कापट्टाअन्तर्गत भुक्तानी हुन ११ अर्ब ६१ करोड रहेको रहेको छ । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये डलर-नेपाली रुपैयाँ मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कल-चालु खातामा रहेको छ जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो ।

कुलमानले लेखाको सिद्धान्तअनुसार हिसाब देखाउँदा नाफा भएको र हितेन्द्रदेवले कर कानुनको सिद्धान्तअनुसार हिसाब देखाउँदा घाटामा गएको बताइएको छ । प्राधिकरणको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२-८३ को वर्षायाममा करिब २ हजार ६ सय ४८ मेगावाट र २०८३-८४ को वर्षायाममा करिब ३ हजार ३ सय १६ मेगावाटसम्म जगेडा विद्युत् निर्यात हुनुपर्ने देखिन्छ भने २०८२-८३ को सुख्खायाममा ७९१ मेगावाट र २०८३-८४ को सुख्खायाममा ७२८ मेगावाट अपुग विद्युत् आयात गर्नुपर्ने देखिएको श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार १ सय ८५ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । कुल १२ हजार ८ सय ९४ मेगावाट बराबरको पीपीएका लागि आवेदन प्राप्त भएकोमध्ये ५ हजार ४७८ मेगावाट क्षमताको कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ । कुल ९ सय ६० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाहरू पीपीए हुने क्रममा रहेका छन् ।

नेपाल विद्युत् प्रको विद्युत् पहुँच ९७.५ प्रतिशत पालिकामा र ९५ प्रतिशत वडाहरूमा पुगेको छ भने घरसंरचनाको आधारमा ९१.४१ प्रतिशत र परिवार संख्याको आधारमा ८४.६२ प्रतिशत विद्युतीकरण भएको देखिन्छ । २०८१ माघ महिनासम्म प्राधिकरणको कुल ग्राहक संख्या (मिटर संख्या) ५५ लाख ८६ हजार ३७ रहेको छ ।

उत्पादनतर्फ चालू आर्थिक वर्षको माघसम्म नेपालको कुल जडित उत्पादन क्षमता ३ हजार ५ सय ११.५७ मेगावाट रहेको छ, जसमध्ये प्राधिकरण मातहतका विद्युत् गृहहरूको जडित क्षमता ६ सय ६१.५७ मेगावाट रहेको छ । २०८१ फागुन मसान्तसम्म आन्तरिक उच्चतम माग २ हजार ३ सय ३७ मेगावाट रहेको छ भने चालु आर्थिक वर्षको अन्तिमसम्म २ हजार ४ सय ३८ मेगावाट पुग्नेप्रक्षेपण रहेको छ । आजको राजाधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार