असार २४, २०८२ मंगलबार July 8, 2025

बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा. बुढाले बताएका छन् ।

उता स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बर्सेनि कुपोषणले बालबालिकाको मृत्यु हुने गरेको छ । मुक्तिकोटमा अहिले पनि १४ जनाभन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् । रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् ।

बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरैपक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही वर्ष गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ ।

बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्षमुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

यसबाहेक धेरै आमाहरुमा पाठेघरको समस्या देखिएको छ । असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएकाले यो समस्या देखिएको हो । धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या रक्तअल्पता हो ।
कुपोषण बर्सेनि बालबालिकाको मृत्यु हुने भएपनि राज्यको कुपोषण न्यूनीकरणमा खासै लगानि भएको पाइँदैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार