असार २४, २०८२ मंगलबार July 8, 2025

‘गणतन्त्रको नाममा लुटतन्त्र मौलायो, अब बलियो धक्का दिने बेला आएको छ’ : अध्यक्ष लिङदेन

'संविधान बनाउनेहरुले नै संविधानको उल्लंघन गरिरहेका छन्'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रूपन्देही, वैशाख २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान बनाउने शक्ति र नेताहरूमै संविधान उल्लंघन गर्ने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।

शनिबार सिद्धार्थनगर नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लिङदेनले भने, “हामी संविधानमा असहमत छौं, विमति छ, तर हामी त्यसको पालना गरिरहेका छौं। तर, संविधान बनाउनेहरुले नै यसको धज्जी उडाइरहेका छन्।”

उनले राजसंस्था, हिन्दू राष्ट्र, वा संघीयताको विषयमा आफ्नो धारणा राख्दा संविधानविपरीत भनिन्छ भन्ने प्रवृत्तिको विरोध गरे। “कहाँ लेखिएको छ कि यो कुरा भन्न पाइँदैन? अहिले सरकारले संविधानको मनपरी व्याख्या गर्दैछ,” लिङदेनको भनाइ थियो।

पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङदेनले विचार राखेकै कारण राप्रपालाई दमन गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। उनले सरकारमाथि सत्ता र भ्रष्टाचार जोगाउन प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए।

लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतबाट नोटिस नआउँदै राति ओछ्यानमै गएर अन्तिम इच्छा सोधिएको घटना उदाहरणीय दमन भएको टिप्पणी गरे।

भ्रष्टाचारबारे टिप्पणी गर्दै उनले भैरहवा विमानस्थलका लागि आवश्यकभन्दा दोब्बर जग्गा किन किनियो भन्ने प्रश्न उठाए। “३–४ सय विगाह पर्याप्त थियो भने ८०० विगाह किन किनियो? कर तिर्ने जनताको पसिनाबाट बनाइएको एयरपोर्टको अवस्था आज लथालिङ्ग छ,” उनले भने।

लिङदेनले गणतन्त्रको नाममा ‘लुटतन्त्र’ मौलाएको आरोप लगाउँदै अब बलियो धक्का दिने बेला आएको बताए।

उनले नेता सुधारिए देश सुधारिन्छ भन्दै राप्रपाले सुधार अभियान अघि सारेको उल्लेख गरे। उपनिर्वाचनका लागि तयार हुन कार्यकर्तालाई आग्रह गर्दै उनले ‘स्वर्गीय दीपक बोहराको सपना पूरा गर्न’ एकतामा जुट्न आह्वान गरे।

त्यसैगरी कार्यक्रममा राप्रपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले देशमा निकट भविष्यमै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना हुने दाबी गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार