असार २०, २०८२ शुक्रबार July 4, 2025

कोशीमा मृत फेला परेका युवकको आफन्त खोज्दै प्रहरी

नदी किनारमै शव राखेर आसपासका बासिन्दाबाट सनाखतको प्रयास गरिएपनी पहिचान खुल्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज । सप्तरीको हनुमाननगर १ स्थित सप्तकोशी नदीमा अघिल्लो दिन मृत अवस्थामा फेला परेका एक पुरुषको अझै पहिचान खुल्न सकेको छैन् । उनको शव अहिले पोष्टमार्टमका साथै सनाखत प्रयोजनका लागि गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा राखिएको छ ।

“शनिबार साँझसम्म पनि कोही आफन्त आएका छैनन्, इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले भने–शवप्राप्त भएको कोशी नदी आसपासका बासिन्दाका साथै सबैतिर मृतकको हुलिया विवरण पठाएर सनाखतको प्रयास गरिरहेका छौं ।”

कालोमा सेताको घर्सा भएको हाफपैन्ट र निलो हरियो टिसर्ट लगाएको अवस्थामा शुक्रबार कोशी व्यारेजको पुलदेखी करिब तीनसय मिटर टाढा अन्दाजी ४०÷४५ वर्षिय युवक मृत अवस्थामा फेला परेको थियो । मधेशी मूलका ती व्यक्तिको शव डुंगा चढेर गएका प्रहरी टोलीले नदीबाट निकालेका थिए ।

झण्डै तीन घण्टा नदी किनारमै शव राखेर आसपासका बासिन्दाबाट सनाखतको प्रयास गरिएपनी पहिचान खुल्न सकेन । त्यसपछी आवश्यक प्रक्रिया पु¥याएर मृतकको शव गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा ल्याई राखिएको प्रहरीको भनाई छ ।

पोष्टमार्टम सकिएपछि मात्र मृत्युको कारण खुल्ने बताउँदै प्रहरी नायब उपरिक्षक काफ्लेले मृतकका आफन्त पत्ता लगाउने काम भइरहेको जनाएका छन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार