असार २०, २०८२ शुक्रबार July 4, 2025

मेलम्ची पानी चक्रपथबाहिर पनि

बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो ।

निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा काठमाडौँको बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको हो ।

उहाँका अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० किलोमिटरमा पानी वितरण सञ्जाल निर्माण सुरु भइसकेको छ । त्यसै गरी काठमाडौँ, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी कुल ७५.९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ किलोमिटर, कपन र जोरपाटी उत्तरी क्षेत्रमा गरी २००.२३ किलोमिटर र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ किलोमिटर गरी कुल ८७५.४ किलोमिटर प्लास्टिक (पिई) पाइप र ४६.४८ किलोमिटर फलामको (डिआई) पाइप बिछ्याउन लागिएको हो ।

उहाँले भन्नुभयो, “यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्र गरी विभिन्न पाँच चरण (प्याकेज) मा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।” खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुने बताउँदै निर्देशक चौधरीले खानेपानी वितरण सञ्जाल निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालनसहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने उहाँले स्पष्ट पार्नुभयो ।

यसअघि काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत उपत्यकामा करिब तिस किलोमिटर ‘प्राइमरी पाइपलाइन’ र ३३ किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ । त्यसै गरी आयोजनाको पहिलो चरणमै उपत्यकाका विभिन्न नौ स्थानमा दस वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीमा थोक रूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किलोमिटर पाइपलाइन बिछ्याउने कामसमेत सम्पन्न भइसकेको निर्देशक चौधरीले जानकारी दिनुभयो ।  आजको गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार