श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मोबाईलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? चिन्ता नलिनुस्-यस्ता छन् उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आजकल धेरैजसो मानिसहरूमा स्मार्ट फोनको आकर्षण छ । धेरै स्टोरेज क्षमता, गतिलो फोटो खिच्न सक्ने त हेर्दा आकर्षक मोबाइल अधिकांशको रोजाईमा पर्छ ।

तर, बल्लतल्ल खरिद गरिएको र आकर्षक भनिएको मोबाइलको मेमोरी पनि छिटै भरिएर मोबाइल फोन प्रयोगकर्ता तनावमा पर्छन् । कहिलेकाहिँ त त्यस्तो समय हुन्छ जब फोटो क्लिक गर्न चाहन्छौं तर फोनमा स्टोरेज भरिएको हुन्छ। स्टोरेज भरिएको कारण, धेरै महत्त्वपूर्ण फोटोहरू क्लिक छोडिन्छन्।

यसबाहेक, फोनमा कम स्टोरेज हुँदा अत्यावश्यक पर्ने एप्स डाउनलोड गर्न चाहेर पनि असंभव जस्तै रहेको हुन्छ । अधिकांशले धेरैभन्दा धेरै फोटो, भिडियो र एप्सहरु प्रयोग गर्न चाहने हुँदा त्यसलाई राख्न फोनमा स्टोरेजको आवश्यक पर्दछ ।

यस्तो अवस्थामा, यदि तपाईं फोनको स्टोरेज समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपाईंले यी काम गर्न सक्नुहुन्छः

१. फोनमा ठाउँ बढाउन, सेटिंग्समा जानुहोस् र क्याच खाली गर्नुहोस्। साथै, जुन एप्सहरू प्रयोगमा रहेका छैनन् वा उपयोगी छैनन् त्यसलाई डिलिट गरेर स्टोरेज वृद्धि गर्न सकिन्छ।

२.यदि फोनमा अधिक डाटा छ भने यसलाई कम्प्युटर वा ल्यापटपमा राखेर स्टोरेज खाली गर्नुहोस्। यसले तपाईंको डाटा पनि सुरक्षित हुनेछ र फोनमा खाली ठाउँ उपलब्ध हुनेछ।

३. प्राय जसो फाइलहरू ईमेलमा अट्याच भएर आउँदछन्, हामी पनि तिनीहरूलाई डाउनलोड गर्छौं, जसले हाम्रो फोनको स्टोरेज भरिने हुन्छ। यदि यस्तो अट्याच भएर आएको फाईल उपयोगी छैन भने त्यसलाई पनि मेटाउनुहोस्।

४. एप्स मेटाएपछि पनि यदि तपाईँको फोनमा भण्डारण कम छ भने फोनको ग्यालरीमा उपयोगी नरहेका र काम नलाग्ने फोटो र भिडियोहरू मेटाउनुहोस् । यसअतिरिक्त मेसेजिङ्ग एप्स, व्हाट्सएप, मेसेन्जर वा भाइबर लगायतबाट आउने फोटो र भिडियोहरू पनि समय समयमा हटाउने गर्नुस्।

५. यदी तपाई आईफोन प्रयोगकर्ता हो भने सेटिङ्गमा गएर स्टोरेज र आईक्लाउडमा जानुपर्ने हुन्छ। यसपछि मुख्य स्टोरेजमा जानुहोस् र उपयोगी नभएका फाईलहरु मेटाउनुहोस्।

यावत काम गर्दा तपाईँको फोनमा केही न केही स्पेस खालि हुन्छ जसले तपाईँलाई तत्काललाई स्टोरेज नभएको समस्या हल हुन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार