असार २८, २०८२ शनिबार July 12, 2025

पर्सामा मेयर रौनियार सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व महामारी कोरोना संक्रमणको इपीसेन्टर बन्दै गएको पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा मेयर सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको प्रयोगशालाले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया