असोज १२, २०८३ सोमबार September 28, 2026

जारी लकडाउनका बिच हतियार सहित राजधानीबाट तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जारी लकडाउनका बिच प्रहरीले राजधानीबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला शिखरबेसी- ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित प्रहरी अपराध महाशाखाको विशेष टोलीले कामनपा-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङ भन्ने ब्यक्तिले उक्त हतियार उनीहरुलाई दिएको गोप्य सुचनाको आधारमा खोजि गर्ने क्रममा नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका अम्मरले उक्त हतियार आफ्नो नभएको बताएका छन्। उनले डाँका मुद्दामा सँगै जेल परेका धनुषाको धारापानीका शम्भु कार्कीको भएको बताए पनि शम्भुले समेत ती हतियार अर्कै व्यक्तिको भएको बताएका छन् ।

उनले धादिङको खाल्टे घर भएका राजकुमार गुरुङलाई ती हतियार राख्न दिएको बताएका छन् । राजकुमार बालाजुको एक होटलको साहुलाई राख्न दिएको र साहुले बिकेश पण्डितलाई दिएको बताएका छन् ।

अम्मर तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी २०७६ फागुन २२ गते थुना मुक्त भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार