असार २०, २०८२ शुक्रबार July 4, 2025

राजधानी जोड्ने विकल्प बन्दै

धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि वा गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यताको अन्त्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धार्के (धादिङ), जेठ २३ गते । मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।

काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो, “कालोपत्रे सम्पन्न भएसँगै काठमाडौँबाट बाहिरिने वा काठमाडौँ भित्रिने सवारीसाधनका लागि यो सडक पहिलो रोजाइमा पर्न थालेको छ । कुल २४ किलोमिटरको यो सडक काठमाडौँतर्फ सीतापाइलादेखि ठुलोखोलासम्म दस किलोमिटर पर्छ ।” कलङ्की–नागढुङ्गा–नौबिसे हुँदै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनको चापले बर्सौंदेखि अत्यधिक ट्राफिकजामको सास्ती हुने गरेको छ । धार्के–सीतापाइला खण्डको निर्माणसँगै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनका लागि नागढुङ्गाको जाम छल्ने एउटा उपयुक्त विकल्प तयार भएको उहाँले बताउनुभयो ।

यसअघि नै यस सडकखण्डको ट्र्याक खोल्नुका साथै दुवैतिर सडक विस्तार गर्ने, चौडा गर्ने तथा ढुङ्गाको पर्खाल लगाउने, कल्भर्टसहित आवश्यक पूर्वाधार तयार भइसकेको छ । यो सडकखण्ड निर्माणका लागि काठमाडौँतर्फको काम काठमाडौँ सडक डिभिजन कार्यालयमार्फत र धादिङतर्फको काम नुवाकोट सडक डिभिजन कार्यालयमार्फत भइरहेको छ ।

नुवाकोट सडक डिभिजन कार्यालयका प्रमुख सुबोधकुमार देवकोटाले नुवाकोट सडक डिभिजन कार्यालय मातहत निर्माण भइरहेको कुल सडकमध्ये चार सय मिटर मात्र कालोपत्र हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठुलोखोला भन्ने क्षेत्रमा करिब दुई सय मिटर र धार्के क्षेत्रमा दुई सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । असारसम्ममा बाँकी रहेको कालोपत्रको काम सम्पन्न हुन्छ ।”

यो सडकखण्डको शून्य किलोमिटर सीतापाइला (चक्रपथ) देखि रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्के पुग्ने छ । सीतापाइलादेखि धार्केसम्म कुल २४ किलोमिटर रहेको यस सडकखण्डको चौडाइ १२ मिटर हुने डिभिजन कार्यालयले जनाएको छ । यो सडकखण्ड दुई लेनको निर्माण हुँदै छ ।

सीतापाइला (चक्रपथ) देखि ठुलोखोला भन्ने ठाउँसम्म कुल दस किलोमिटर काठमाडौँ सडक डिभिजन कार्यालयको मातहतमा र ठुलोखोलादेखि धार्केसम्मको १४ किलोमिटरको निर्माण कार्य नुवाकोट सडक डिभिजन कार्यालय मातहत भइरहेको छ । नागार्जुन/सिएम/जय बाबा भन्ने निर्माण कम्पनीले यो सडकखण्ड निर्माणको जिम्मेवारी पाएको छ ।

२४ किमीको विकल्पमा २४ किमी नै धार्केदेखि कलङ्कीसम्मको दुरी २४ किलोमिटर छ भने त्यसै गरी धार्केदेखि सीतापाइलासम्मको दुरी पनि २४ किलोमिटर नै छ । यो सडक दुई लेनको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौँ आउन दुई वटा विकल्प तयार हुने छ । धार्के–सीतापाइला खण्डको निर्माण सम्पन्न भएसँगै नागढुङ्गामा सानो समस्या आए पनि वा गाडी बिग्रे पनि घण्टौँ रोकिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो ।

यो सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन कुवेत सरकारले तयार पारेको थियो । कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको सवारी चापलाई घटाउन २०४५ सालमा नै यो सडक निर्माणको अवधारणा ल्याइएको थियो । सरकारले सडक गुरुयोजना अनुसार पहाडमा चार घण्टामा र तराईमा दुई घण्टा पैदल दुरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने लक्ष्य लिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार