श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगर प्रमुखको कूटनीतिक पहल

पचरौता नगरपालिका र भारतीय नेताहरूबीचको यो संवादले दुई देशबीचको स्थानीयस्तरको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इन्दीप कोइराला/ बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन् ।

भारतको पटना पुगेका सिंहले बिहार सरकारका विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गर्दै भन्सार पुनः सञ्चालनको प्रस्ताव अघि सारेका हुन् ।

सिंहले ग्रामीण विकास मन्त्री श्रवण कुमार, सूचना तथा प्रविधि मन्त्री कृष्णा कुमार मन्टु र समाजवादी नेता मनीष कुमार वर्मासँग छुट्टाछुट्टै भेट गरेर सीमावर्ती क्षेत्रमा बन्द भन्सारका कारण उत्पन्न समस्या र त्यसको समाधानबारे छलफल गरेका छन् ।

पिपरपाती छोटी भन्सार लामो समयदेखि बन्द हुँदा स्थानीय व्यवसायीहरू मर्कामा परिरहेका छन । वैध व्यापारिक गतिविधिमा बाधा सिर्जना भएको, अवैध आयात–निर्यात बढेको र यसले सरकारको राजस्वमा व्यापक ह्रास ल्याएको भन्दै नगर प्रमुख सिंहले भन्सार पुनः सञ्चालनका लागि भारतीय पक्षसँग आग्रह गरेका हुन् ।

“दुई देशबीचको सांस्कृतिक, धार्मिक र पारिवारिक सम्बन्धलाई सहज बनाउने माध्यमको रूपमा यो भन्सार फेरि सञ्चालनमा ल्याउनु अत्यावश्यक छ,” सिंहले भेटका क्रममा मन्त्रीहरुलाई भने ।

भारतीय नेताहरूले नगर प्रमुख सिंहको पहललाई सकारात्मक रूपमा लिँदै आवश्यक प्रक्रियाहरू छिट्टै अघि बढाउने प्रतिबद्धता जनाएका छन । ग्रामीण विकास मन्त्री कुमारले स्थानीय तहबाट आएको यस्तो पहल सराहनीय भएको बताउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरेर कार्य अघि बढाउने आश्वासन दिएका छन्।

स्थानीय तहका जनप्रतिनिधिबाट यस्ता पहल हुनु सकारात्मक रहेको बताउँदै सिंहले दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यले आफूले यो पहल थालेको बताएका छन । “पिपरपाती भन्सार सानो देखिए पनि यसको प्रभाव ठूलो छ,” उनले भने, “स्थानीय जनजीवन, व्यापार र सम्बन्ध सुधारमा यसले ठूलो भूमिका खेल्नेछ।”

नगर प्रमुख सिंहको सक्रियता र पहललाई सीमावर्ती क्षेत्रका स्थानीय नागरिक र व्यवसायीहरूले स्वागत गरेका छन । उनीहरूले भन्सार पुनः सञ्चालन भए व्यापारिक क्रियाकलाप फस्टाउने, अवैध कारोबारमा कमी आउने र स्थानीय आर्थिक विकासमा गति आउने विश्वास व्यक्त गरेका छन् ।

पचरौता नगरपालिका र भारतीय नेताहरूबीचको यो संवादले दुई देशबीचको स्थानीयस्तरको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार