असार २३, २०८२ सोमबार July 7, 2025

राजश्व छलेको आरोपमा ६ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः राजस्व अनुसन्धान विभागले भन्सार छलेर भारतबाट सामान भित्र्याएकाे आरोपमा तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

छुट्टै क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडालगायत सामान भित्र्याउने वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनालाई पाटन उच्च अदालतमा तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ ।

मालसामान ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्र कुमार गुप्ता, ट्रक चालक सुनिल कुमार, काठमाण्डौमा व्यवसाय गर्ने बाराकाे कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया