श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

तेब्बर बढी मूल्यमा युरिया मल बेचेको आरोपमा दाङका ३ जना व्यापारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बजार भाउभन्दा तेब्बर बढी मूल्यमा रासायनिक मल युरिया बेचेको आरोपमा दाङको गढवा गाउँपालिकाबाट तीन जना  पक्राउ परेका छन्।

दाङको देउखुरी स्थित गढवाबजार र आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताहरुले चर्को मूल्यमा युरिया बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका ५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे रहेका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठौरका अनुसार उनीहरूको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल ९युरिया० लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेका थिए ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको इन्स्पेक्टर राठौरले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार