बैसाख १५, २०८३ मंगलबार April 28, 2026

जब ३ बर्षिया बालकले करोडौं मुल्यको पुरातात्विक खजना भेटाए…

यो लटकन अहिले ब्रिटिश संग्रहालयमा राखिएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ साउन । तपाईंले यस्ता धेरै कथाहरू सुन्नु भएको होला, जहाँ मानिसहरूले जमिनमुनि पैसा गाडिएको पाउँछन्। यी यस्ता खजाना हुन्, जसलाई कसैले गाड्यो र भुलेर फर्केर आउन सक्दैन्।

धेरै मानिसहरू मेटल डिटेक्टरहरूको मद्दतले तिनीहरूलाई खोजिरहन्छन्। इंग्ल्याण्डमा एक तीन वर्षको बच्चाले आफ्नो बुबासँग मैदानमा उपस्थित हुँदा एउटा यस्तो खजाना फेला परेको छ ।

एउटा सानो बच्चाले यस्तो काम गर्यो, जसको लागि मानिसहरु मेटल डिटेक्टर लिएर यता उता घुमिरहन्छन् । एक ३ वर्षको बालकले ५०० वर्ष पुरानो खजाना फेला पारे, जुन देखेर पुरातत्वविद् समेत छक्क परे । राम्रोसँग बोल्न पनि नजान्ने बच्चाले यो रोचक खोज गरेको होला भनेर कसैले सोचेको थिएन।

एक सानो बच्चाले पहिलो पटक मेटल डिटेक्टर प्रयोग गर्दै अनौठो खोज गरेका छन्। यो घटना सन् २००९ मा भएको थियो, जब जेम्स नामको यो बालक आफ्नो बुबासँग एसेक्सको हकले नजिकैको खेतमा उपस्थित थिए । उनका बुबा मेटल डिटेक्टर लिएर खजाना खोज्न गएका थिए। जेम्सले आफ्नो बुबाको मेटल डिटेक्टर सञ्चालन गर्ने बित्तिकै, मेसिनले अचानक बिपिङ आवाज निकाल्यो। तिनीहरूले जमिन खने र ५०० वर्ष पुरानो सुनको लटकन फेला पारे। यो लटकनको मूल्य करिब ४० लाख डलर पर्ने पुरातात्विक समान फेला पारे ।

यो लटकन अहिले ब्रिटिश संग्रहालयमा राखिएको छ। यसको तौल करिब एक तिहाई औंस छ र यसमा ७३ प्रतिशत शुद्ध सुन रहेको छ । यो लटकन राजा हेनरी आठौंको समयको हो भन्ने विश्वास गरिन्छ। विज्ञहरूका अनुसार यो एक रिलिक्वरी अर्थात् सानो बाकस हो, जसमा धार्मिक वस्तु वा अवशेषहरू राखिएको थियो। यो हीरा आकारको बाकासको अगाडि एक महिला संतको चित्र छ, जसलाई भर्जिन मेरी भनिन्छ, उनको हातमा क्रस समातिएको छ।

पछाडिको भागमा ख्रीष्टका ५ वटा पवित्र घाउको नक्काशी गरिएको छ, जुन मध्यकालीन समयमा धार्मिक आस्थाको प्रतीक मानिन्थ्यो। यो खोज पछि एक आधिकारिक अनुसन्धानमा यो पुरातत्वविद्हरुद्वारा ब्रिटिश कानून अन्तर्गत एक खजाना घोषित गरिएको थियो। यो घटना फेरी एक पटक सामाजिक सञ्जालमा चर्चामा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार