बैसाख २६, २०८३ शनिबार May 9, 2026

एम्बुलेन्समा बालिका अपहरणः दुइ एम्बुलेन्स सहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बालिका अपहरण गरेको आरोपमा प्रहरीले दुइ एम्बुलेन्सु सहित ३ जनालाइ नियन्त्रणमा लिएको छ ।

प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई अपहरण कार्यमा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगाबाट प्रहरीले उद्धार गरेको छ । अपहरण कार्यमा संलग्न सुजनले ती बालिका अपहरण गर्न दुईवटा एम्बुलेन्स प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा म्याद थपिएको छ । प्रहरीले बालिकावाट दुई लाख रुपयाँ समेत बरामद गरेको छ । बालिकाकी आमाले गएको केही दिनअघि एक फाइनन्सबाट ऋण लिएकी थिइन् । सोही रकमको लोभमा सुजनले ती बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
२०८३ बैसाख २६, शनिबार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
२०८३ बैसाख २६, शनिबार