कार्तिक ९, २०८३ सोमबार October 26, 2026

सडकमै आयो ‘सडक-२’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सन् १९९१ मा रिलिज भएको फिल्म सडक त्यस्तो महान् फिल्म थिएन जसको सिक्वेल नै बनाइहाल्नु परोस्। आफ्नो जमानामा जादु चलाएका निर्देशक महेश भट्टको आत्मविश्वासले सडकको सिक्वेलमा कुनै नयाँ स्वाद पस्कन सकेन, न त दर्शकको मन नै जित्न सक्यो। उनले यसमा अघिल्लो फिल्मको सफलताको कसीलाई नै लाद्ने प्रयास गरे जुन दर्शकलाई बिल्कुलै पाच्य भएन।

२१ वर्षपछि निर्देशनमा फर्किएका महेशले कुनै यस्तो स्क्रिप्ट फेला पारे जसको मोहले उनले सन्न्यास तोडे भन्ने विश्वास गरेका फ्यान त्यतिबेला निराश भए जब उनीहरूले फिल्ममा कुनै फरकपन महसुस गर्न सकेनन्। यो फिल्ममा महेशले त्यही धार छोडेनन् जुन उनले आफ्नो अन्तिम फिल्म कारतुस १९९९ मा प्रयोग गरेका थिए। यो २१ वर्षमा बलिउडमा धेरै पानी बगिसकेको छ। फिल्म बनाउने विधा र दर्शकको रुचिमा जमिन आकाशको अन्तर आइसकेको छ जसलाई पछ्याउन उनी चुके।

ओटीटीको माध्यमबाट अहिले दर्शक निकै राम्रा फिल्म र वेब सिरिज हेरिरहेका छन्। यो समयमा आएको सडक-२ ले उनीहरूका रुचि पूरा गर्न सकेन। यदि यो फिल्म फिल्म हलमा रिलिज हुन्थ्यो भने पनि यसले पानी नमाग्ने निश्चित थियो।

सञ्जय दत्तलाई सडक-२ मा देखाएर महेशले पुरानो तार जोडेने प्रयास गरे पनि उज्याले भने दिन सकेनन्। फिल्ममा सञ्जय रविकोे भूमिकामा छन् जो पूजाका श्रीमान् हुन्। पूजा यो संसारमा नरहेपछि रवि आफू बाँच्नुको कुनै अर्थ देख्दैनन्। उनी मर्ने असफल प्रयास पनि गर्छन्। त्यसपछि उनको जीवनमा छोरीसरहकी आर्या आलिया भट्ट को प्रवेश हुन्छ। आर्याको पनि आफ्नै कथा छ। उनलाई समाप्त पार्न केही व्यक्ति लागिपरेका छन्। आर्याको जीवनरक्षा गर्न पनि रविले बाँच्नुपर्ने देखाइएको छ। यहाँ स्क्रिप्टमा थोरै ट्विस्ट गरिएको छ।

सौतिनीआमा, पाखण्डी साधु, हृदय परिवर्तित हत्यारा, हातका औंला काटिएका भिलेनजस्ता पात्रका मध्यमबाट फिल्म उठाउन खोजिएको छ। तर, यो फर्मुला पुरानो भइसकेको छ जुन ९० को दशकका फिल्ममा राम्रो मानिन्थ्यो। सुरुआतको १५, २० मिनेट फिल्म निकै दिक्कलाग्दो छ। त्यसपछि केही हेर्न लायकका दृश्य आए पनि त्यो लामो समय टिक्दैनन्। खाल्डैखाल्डा परेको हाइवेमा सडक(२ सब वेतिर हराएर कच्ची बाटोमा बरालिएको छ।

सञ्जय जवानीमा ‘स्क्रिन प्रेजेन्स’ र ‘स्टाइल’ को माध्यमबाट स्टार बनेका थिए तर अहिले त्यो समय छैन। फिल्ममा उनको बोलवाला छ तर अभिनयको जादु चलाउन सकेका छैनन्। फिल्म हेरिसकेपछि जो कोहीले पनि यो सजिलै भन्न सक्छ, यदि यो फिल्म महेश भट्टको हुँदैनथियो भने आलियाजस्ती प्रतिभाशाली र चतुर नायिका कुनै हालतमा यो फिल्ममा अभिनय गर्ने थिइनन्।

आदित्य राय कपुर ‘आशिकी(२’ कै स्टाइलमा छन्। निर्देशकले उनलाई यसरी प्रस्तुत गर्न खोजेका हुन् वा आदित्य पुरानै ढर्राबाट बाहिर निस्किन नसकेका हुन् त्यो खोजी कै विषय छ। जिशु सेनगुप्ता निकै राम्रा कलाकार हुन् तर यसमा उनले जुन भूमिका पाएका छन् त्यो ‘मिसफिट’ लाग्छ। मकरन्द देशपाण्डेमा सदाशिव अमरापुरकरको लेप लगाउन खोजिएको छ जुन केटाकेटी खेले जस्तो लाग्छ। अन्नपुर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
२०८३ कार्तिक ९, सोमबार
एनपीएलको तेस्रो संस्करण सुरु, प्रधानमन्त्री बालेन शाहले दिए शुभकामना
२०८३ कार्तिक ९, सोमबार
एनपीएल तेस्रो संस्करण आजदेखि शुरु : उद्घाटनमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै
२०८३ कार्तिक ९, सोमबार
पशुमा बढ्दो बाँझोपन
२०८३ कार्तिक ९, सोमबार
आज सोमबार, शिव भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ९, सोमबार
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार