कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज आइतबार, कस्तो रहला तपाँइको दैनिक राशिफल ?

मिथुनलाई आज शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ।

वृष : दिन सामान्य छ। आफूले आफ्नै मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। भौतिकता भन्दा धर्मकर्ममा सक्रिय हुनु आवश्यक हुन्छ। दक्षिणको एकल यात्रा नगर्नु उचित हुन्छ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। तपाईंसँग धेरै मानिस आकर्षित हुनेछन्। स्वदेशमा विकल्प देखेर मनमा शान्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। महत्त्वपूर्ण निर्णय गर्दा फाइदा हुनेछ। समाजमा विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। गुरुको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : दिन राम्रो छ। सानो प्रगतिले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारबाट आम्दानी बढ्ने दिन छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : दिन सामान्य छ। परिवारमा एकपछि अर्को बोझ थपिने छ। शिक्षामा मिहिनेत गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खर्च बढ्ने भएकाले सचेत भएर काम गर्नु उचित हुन्छ।

तुला : दिन राम्रो छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

वृश्चिक : दिन राम्रो छ। काममा उत्साह थपिने छ। शरीरमा फूर्ती बढ्ने योग छ। परिवारसँग रमाइलो भेटघाटको कार्यक्रम तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनु : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुने योग छ।

मकर : दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ।

कुम्भ : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। विदेशको तयारीमा भए नाम निस्कने छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु उचित हुन्छ।

मीन : दिन मध्यम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। मिहिनेत गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार