कार्तिक २९, २०८३ आइतबार November 15, 2026

छठको तेस्रोदिन आज ‘सझुका अरख’

‘खरना’ सकेर व्रत आरम्भ भएपछि पर्सिपल्ट बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछिमात्र व्रत पूर्ण हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, १० कात्तिकः महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । व्रतालु आज निराहार व्रतमा छन् । निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । वर्तालु आज यही ‘सझुका अरख’ को तयारीमा छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ । कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

श्रद्धा निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा यहाँका जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक बनाइएका छन् । वर्तालुले मङ्गलबार सप्तमीका तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवत् रुपमा सम्पन्न हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

यसअघि गत शनिबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर वर्तालुले पवित्र स्नान गरेर व्रत सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधि गरेका थिए । यसलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो दिनको ‘खरना’ विधि आइतबार सम्पन्न भएको छ ।

‘खरना’ विधिका दिन बिहानै नुहाएर दिनभरि उपवास बसेर साँझ चन्द्र दर्शन गर्दै घरका कूलदेवता र छठी मातालाई सख्खरमा पकाइएको चामलको खिर चढाइन्छ । त्यही खिर खाएपछि वर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ । यो ‘खरना’ को प्रसाद नयाँ माटोको चुल्होमा पकाउने मैथिल चलन छ ।

‘खरना’ सकेर व्रत आरम्भ भएपछि पर्सिपल्ट बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछिमात्र व्रत पूर्ण हुन्छ । यसपालि भोलि मङ्गलबार बिहान ६ बजेर १२ मिनेटमा सूर्योदय हुने बेला छ । त्यसपछिमात्र ‘भोरका अरख’ सम्पन्न भई पर्व समापन हुने बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।

पर्व सम्पन्न गरिएसँगै सूर्यदेव र छठीमातालाई अर्पण गरिएका प्रसाद सामग्री ठकुवा, भुसुवा, केरासहितका डाला घर ल्याएर इष्टजन र परिवारजनले खाने गर्छन् । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेश र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्व साझा बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
सांस्कृतिक एकताको प्रतीक बन्दै छठ
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार