काठमाण्डौंः कनेक्ट आईपीएसको विद्युतीय भुक्तानी सेवा लिन चाहने बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब आफ्नो एप्लिकेसनलाई सेल्फ भेरिफिकेसन अर्थात् आफै प्रमाणीकरण गर्न सक्नेछन् ।यसका लागि सेवाग्राहीहरुले सेल्फ भेरिफिकेसन फीचरलाई इनेबल गरेर आफ्नो बैंक अकाउन्टलाई कनेक्ट आइपीएससँग लिंक गराउनु पर्नेछ ।
अकाउन्ट भेरिफाई गर्न निम्न प्रक्रियाहरु अपनाउनु पर्दछ ।
२. आवश्यक विवरणहरु सब्मिट गर्नुहोस् र ‘सेण्ड फर अप्रुभल’ मा क्लिक गर्नुहोस् ।
३. विवरणलाई पुन: चेक गर्नुहोस् र ‘सेल्फ भेरिफाई अकाउन्ट’ मा क्लिक गर्नुहोस् । यदि राखिएका विवरणहरु सही छनन् भने ‘इडिट डिटेल’ बटनमा क्लिक गरेर इडिट गर्नुहोस् ।
४. आफ्नो दर्ता गरेको नम्बरमा आएको ओटीपी अर्थात् वान टाइम पासवर्ड राख्नुहोस् । अब शर्त पढ्नुहोस्, त्यसलाई स्विकार गर्नुहोस् र ‘सब्मिट’ बटनमा क्लिक गर्नुहोस् । (जानकारीमा आधारित रहेर ओटीपी भ्यालिडेसन इन्टर गर्नुहोस् । लिंक अकाउन्टकाे स्टाटस अब ‘अटो एसेप्ट अप्रूभल’ मा परिवर्तन हुन्छ ।)
५. लिंक बैंक अकाउन्टमा दुईवटा माइक्रो पेमेन्ट क्रेडिट हुन्छ यी दुवैलाई सिक्वेन्सली इन्टर गर्नुहाेस् र ‘सब्मिट बटन’ क्लिक गर्नुहोस् ।
६. माइक्रो डिपोजिट एकपटक प्रमाणित भइसकेपछि लिंक अकाउन्टको स्टाटस ‘एसेप्टेड’ भनेर परिवर्तन हुन्छ । अब यसलाई वित्तीय कारोबारको लागि प्रयोग गर्न सकिन्छ ।
कनेक्ट आईपीएसमा वेब च्यानलबाट कारोबार सीमितता प्रतिबैंक १० लाख रुपैयाँ हुन्छ । यस्तै मोबाइल एपबाट प्रतिबैंक कारोबार एक लाखसम्म सीमित हुन्छ । तर सेल्फ भेरिफाई अकाउन्टका लागि कारोबार सीमितता बैंकको आन्तरिक नीतिअनुसार हुन्छ ।
यदि तपाईं सेल्फ भेरिफाई लिंक बैंक अकाउन्टका लागि कारोबार सीमितता बढाउन चाहनुहुन्छ भने तपाईंले अप्रूभल फर्म डाउनलोड गरेर मेनुअल प्रक्रिया पुरा गर्नुपर्नेछ । यसका लागि पूर्ण भेरिफिकेसन पाउन बैंकको शाखामा पनि जानुपर्नेछ ।
१. बैंकमा सेवाग्राही विवरण भएको हुनुपर्दछ ।
२. वान टाइम पासवर्ड पाउनका लागि दर्ता गरिने मोबाइल नम्बर एउटै हुनुपर्छ । अर्थात् बैंक र कनेक्ट आइपीएसको नम्बर मिल्नु पर्दछ ।
३. प्रयोगकर्ताको लिंक बैंक अकाउन्टमा रहेको दुई माइक्रो डिपोजिटलाई कन्फर्म गर्नुपर्छ जुन तीन दिनसम्म भ्यालिड हुन्छ । (माइक्रो डिपोजिट भनेको एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो जुन प्रयोगकर्ताको बैंक अकाउन्टमा ट्रान्सफर भएको हुन्छ ।)
बैंक अकाउन्टलाई लिंक गर्ने र सेल्फ भेरिफिकेसन गर्ने काम भिन्नभिन्नै गर्न सकिन्छ । अकाउन्टलाई लिंक गरिसकेपछि तपाईंले ड्यासबोर्डमा म्यानेज अकाउन्टमा जान सक्नुहुन्छ । त्यसपछि रिक्वेस्ट अकाउन्टमा डबल क्लिक गर्नुहोस् र ‘सेल्फ भेरिफाई’ अप्सनमा क्लिक गरी सेल्फ भेरिफिकेसन प्रक्रियालाई सुरु गर्नुहोस् ।
फोन नम्बर फरक भयो भने सेल्फ भेरिफिकेसन प्रक्रियालाई सम्पन्न गर्न सकिन्न । यस्तो बेला तपाईंले कनेक्ट आईपीएसमा आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नसक्नुहुन्छ । यसका लागि ‘इडिट प्रोफाइल’ मा जानुहोस् र त्यसपछि ‘चेन्ज मोबाइल नम्बर’ मा गएर माेबाइल नम्बर परिवर्तन गर्न सक्नुहुन्छ ।
यदि तपाईंको मोबाइल नम्बर बैंकमा दर्ता भएको छैन वा एक्टिभ भएको छैन भने बैंकलाई फोन नम्बर अपडेट गर्न रिक्वेस्ट पठाउन सक्नुहुन्छ ।
माइक्रो डिपोजिट एउटा फ्राक्सनल रेन्डम अमाउन्ट हो । यसलाई सिस्टमबाटै प्रयोगकर्ताको बैंक अकाउन्टमा सेल्फ भेरिफिकेसनका लागि प्रयोगकर्तालाई प्रमाणित गर्न र ट्रान्सफर गर्न सकिन्छ । प्रयोगकर्ताले त्यस्तो रकमलाई आफ्नो अकाउन्ट स्टेटमेन्टबाट चेक गर्न सक्छन् । यसका लागि प्रयोगकर्ताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएमबाट मिनि स्टेटमेन्ट जस्ता माध्यमबाट चेक गर्न सक्छन् ।
माइक्रो डिपोजिट ३ दिनसम्मका लागि भ्यालिड हुन्छ । रिसिभ भएको सिक्वेन्समा माइक्रो डिपोजिटलाई इन्टर गर्नुपर्छ ।टेकपानाबाट
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया