काठमाडौं । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
सरकारले अमेरिका, बेलायत, चीन लगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र अभिवक्ता प्रतिभा उप्रेती लगायतका व्यक्तिहरुले रिट दायर गरेका थिए ।
सरकारले हटाएका राजदूतहरुमा अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि राजदूत डा कृष्ण प्रसाद ओली, बेलायत चन्द्र कुमार घिमिरे, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा नेत्रप्रसाद तिमल्सिना, कतार रमेश चन्द्र पौडेल, रुस जंग बहादुर चौहान, साउदी अरेबिया नरेश विक्रम ढकाल, स्पेन शनिल नेपाल र जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया