भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

सरकारी कर्मचारीलाई नयाँ सुरक्षा एडभाइजरी

डेटा सेन्टर र सर्भर कोठामा सिसीटिभी अनुगमनको व्यवस्था गर्न र अधिकृत व्यक्तिलाई मात्र पहुँचको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले सबै निकायका सूचना प्रणाली विभागका कर्मचारीका लागि नयाँ साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले आइतबार सरकारी प्रणालीका प्रयोगकर्ता तथा डेटाबेस र सिस्टम सञ्चालनकर्तालाई लक्षित गर्दै एडभाइजरी सार्वजनिक गरेको हो ।

सरकारी सिस्टम प्रयोगकर्ताहरूलाई प्रत्येक अकाउण्टका लागि कम्तीमा १२ अक्षरको स्पेशल क्यारेक्टर सहितको पासवर्ड राख्न अथवा पासवर्ड म्यानेजर प्रयोग गर्न भनिएको छ । सम्भव भएसम्म मल्टिफ्याक्टर अथिन्टिकेसन प्रयोग गर्न, प्रयोग गरिएका अकाउण्टमा स्क्रिन लक, पासवर्ड तथा प्याट्रन अनिवार्य राख्न भनिएको छ ।

केन्द्रले सफ्टवेयरहरू आधिकारिक वेवसाइटबाट मात्र डाउनलोड गर्न, भाइरस स्क्यान गरेर मात्र पेनड्राइभहरू प्रयोग गर्न भनेको छ । साथै उपकरण वा प्रणालीमा असामान्य गतिविधि देखिए तुरुन्तै सूचना प्रविधि महाशाखा/शाखा वा इकाइमा जानकारी गराउन भनेको छ ।

त्यस्तै, डेटाबेस र सिस्टम सञ्चालकहरूलाई एसएट्टएच पब्लिक किइ अथेन्टिकेसन प्रयोग गर्न, पासवर्ड साधारण फाइल र नोटप्याडमा नराखी सुरक्षित भल्टमा राख्न भनेको छ । साथै आन्तरिक सरकारी सञ्चार र सेवाहरूको लागि प्रयोग हुने इन्ट्रानेलाई सार्वजनिक र खेला इन्टरनेटबाट अलग गर्न भनिएको छ । त्यस्तै, सूचना प्रविधि प्रणाली र उपकरणमा देखिएका असामान्य ती विधिका लागि सेन्ट्रलाइज्ड लग मेनेजमेन्ट सिस्टममा आबद्ध गराई स्वचालित अलर्ट र मोनिटरिङ सेटअप गर्न पनि निर्देश गरिएको छ ।

त्यस्तै, डेटा सेन्टर र सर्भर कोठामा सिसीटिभी अनुगमनको व्यवस्था गर्न र अधिकृत व्यक्तिलाई मात्र पहुँचको अनुमति दिन भनेको छ । केन्द्रले वार्षिक रूपमा कुनै कोड परिवर्तन भए सुरक्षा जोखिमसम्बन्धी अध्ययन गराउन पनि भनेको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार