कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पूर्वराष्ट्रपति डा यादवसँग गृहमन्त्री अर्यालको भेट

अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौँ, १८ कात्तिकः पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गर्नुभएको छ । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उहाँसँग भेटवार्ता गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा यादवसँग भेटवार्ता गर्नुभएको हो।  त्यसक्रममा गृहमन्त्री अर्यालले उहाँको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिनुभएको थियो । उहाँले ‘जेनजी’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराउनुभयो ।
सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको भन्दै मन्त्री अर्यालले अभिभावकीय भूमिकामा रहनुभएका पूर्वराष्ट्रपति डा यादवलाई समाजका सबै पक्षलाई निर्वाचनउन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह गर्नुभएको थियो ।
पूर्वराष्ट्रपति डा यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गर्नुभयो । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्ति सामेल भएका कारण अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको उहाँको भनाइ थियो ।
पूर्वराष्ट्रपतिडा यादवले  विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त  समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव पनि सुनाउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको थियो । पछिल्लो अवस्थाअनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईँहरू मेहनतका साथ लागिरहनुभएको छ । यो सराहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ”, उहाँले भन्नुभएको थियो ।
पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । डा यादवले भन्नुभयो, “तोकिएको समयमा चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्छ । हालको व्यवस्था र प्रक्रिया ‘डिरेल’ भयो भने ‘प्यान्डोरा’ बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक केन्द्रित भएर लागेको मलाई महसुस भएको छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
२०८३ कार्तिक २५, बुधबार
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika strengthens bonds of love among siblings : PM Shah
२०८३ कार्तिक २५, बुधबार
धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सद्भाव कायम गर्न फाल्गुनन्दको योगदान : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २५, बुधबार
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक २५, बुधबार