मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमणमा दुई जनाको मृत्यु

सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगामा आक्रमण गर्दा  ६६ जनाको मृत्यु भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, कात्तिक १९ गते । पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।

राष्ट्रपति (डोनाल्ड) ट्रम्पको निर्देशनमा, युद्ध विभागले एक नामित आतंकवादी सङ्गठनद्वारा सञ्चालित जहाजमा घातक आक्रमण गरेको जहाजले लागुऔषध बोकेको दाबी गर्दै हेग्सेथले आफ्नो पोस्ट मार्फत जनाउनु भएको छ । आक्रमणमा कुनै अमेरिकी सेना प्रभावित नभएको उल्लेख गर्दै आतंककारीको डुङ्गामा सवार दुई जनाको मृत्यु भएको जनाउनु भएको छ ।

सेप्टेम्बर २ देखि, अमेरिकी सेनाले क्यारिबियन र पूर्वी प्रशान्तमा १७ डुङगामा आक्रमण गर्दा  ६६ जनाको मृत्यु भएको दाबी गरेको छ । ट्रम्प प्रशासनले अगस्ट देखि क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति पनि विस्तार गरेको छ । शुक्रबार ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलाका सैन्य सुविधामा आक्रमण गर्ने मिडिया रिपोर्टको खण्डन गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाभित्र भूमि आक्रमण गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय नगरेको बताउनु भएको थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले भने बारम्बार आफ्नो सरकारलाई अपदस्थ गर्ने र ल्याटिन अमेरिकामा अमेरिकी सैन्य प्रभाव विस्तार गर्ने प्रयासको स्वरूपको वाशिंगटनको कार्यको निन्दा गर्नु भएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले गत महिना समुद्रमा लागुऔषध संदिग्धको हत्या अमेरिकी सरकारले गरेको आरोप लगाउनु भएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार