मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तान र अफगानिस्तानबिच तेस्रो चरणको वार्ता इस्तानबुलमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद(पाकिस्तान), कात्तिक २० गते । पाकिस्तानले सीमापार आतङ्कवाद अन्त्य गरी युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यले तेस्रो चरणमा बिहिबार इस्तानबुलमा अफगान तालिबान प्रतिनिधिसँग पुनः वार्ता सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

अक्टोबर ११-१५ सम्म भएको झडपपछि पाकिस्तान र अफगान तालिबानका प्रतिनिधिले दुई चरणको वार्ता यस अघिनै दोहा र इस्तानबुलमा गरिसकेको डन पत्रिकाले जनाएको छ । तेस्रो चरणको लागि टर्की र कतारको संयुक्त मध्यस्थतामा दुवै पक्षको प्रतिनिधिमण्डल बुधबार इस्तानबुल आइपुगेको छ भने वार्ता दुई दिनसम्म जारी रहने बताइएको छ ।

सेना, गुप्तचर निकाय र विदेश विभागका वरिष्ठ अधिकारीसहितको पाकिस्तानी प्रतिनिधि मण्डलको नेतृत्व इन्टर–सर्भिस इन्टेलिजेन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल असीम मलिकले गरेको जनाइएको छ । अफगान प्रतिनिधिमण्डलमा जनरल डाइरेक्टोरेट अफ इन्टेलिजेन्स प्रमुख अब्दुल हक वासेक, तालिबानका प्रवक्ता सुहेल शाहिन, लगायतका प्रतिनिधि सहभागी भएको जनाइएको छ ।

अन्तिम चरणको वार्तापछि टर्कीको विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा सबै पक्ष युद्धविराम जारी राख्न सहमत भएको उल्लेख छ । गत अक्टोबर ११ मा भएको झडपले दुई छिमेकीबिचको सम्बन्ध चिसिएपछि पाकिस्तान र अफगान तालिबानबिचको वार्ता लामो समय सम्म कूटनीति पछ्याउँदै चलिरहेको जनाइएको छ ।

अक्टोबर १५ को युद्धविराममा सहमति भएपछि अन्ततः दुई पक्ष दोहामा वार्ताका लागि आएका थिए । दोहा वार्तापछि, सीमा विवाद रोक्न अस्थायी युद्धविरामका लागि दुई पक्षले स्थायी शान्ति र स्थिरताका लागि इस्तानबुलमा पुनः वार्ता गर्न प्रतिबद्ध भए । दुई पक्षबिच दोस्रो चरणको वार्ता अक्टोबर २५ मा टर्कीमा भएको थियो ।

यद्यपि, सूचना मन्त्री अत्ताउल्लाह तरारले अक्टोबर २९ मा एक्समा गरेको पोस्टमा वार्ताले कुनै व्यावहारिक समाधान ल्याउन असफल भएको जनाउनु भएको छ । यद्देपी मध्यस्थकर्ताले निरन्तरको प्रयास स्वरुप वार्ता प्रक्रियालाई बचाउन सफल भएको, टर्कीले अक्टोबर-३१ मा जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसै गरी नोभेम्बर-छ मा इस्तानबुलमा हुने प्रमुख-स्तरको बैठकमा युद्धविराम “कार्यान्वयनको थप तरिकाको छलफल र निर्णय गरिने जनाइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार