मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ(युक्रेन), कात्तिक २२ गते । रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।

पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधालाई क्षति पुर्याएको जनाइएको छ । विशेषज्ञले युक्रेनमा जाडो महिना अघि नै उर्जा जोखिम रहेको बताएका छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको कारण, युक्रेनका धेरै क्षेत्रमा आपतकालीन बिजुली कटौती गरिएको “ऊर्जा मन्त्री स्विटलाना ग्रिन्चुकले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । उहाँले “ऊर्जा प्रणालीको अवस्था स्थिर भएपछि विद्युत प्रवाह निरन्तर गर्नेसमेत बताउनु भएको छ ।

उत्तरपूर्वी खार्किव र दक्षिणी ओडिसाका अधिकारीले ऊर्जा सुविधामा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेसँगै युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । आपतकालीन सेवाका अनुसार पूर्वी सहर डिनिप्रोमा भएको ड्रोन आक्रमणले एउटा भवनमा क्षति पुग्दा एक महिलाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।

राजधानी किभमा नागरिक र सैन्य अधिकारीले मध्य पेचेस्र्की जिल्लाका दुई स्थानमा आक्रमणका कारण आगलागी भएको बताएका छन् । शुक्रबारको ड्रोनले आक्रमणले युक्रेनको दक्षिणी ओडिसाको ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको गभर्नर ओलेग किपरले टेलिग्राम मार्फत बताउनु भएको छ ।

किभको स्कूल अफ इकोनोमिक्सले एक प्रतिवेदन मार्फत रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द गरेको जनाएको छ । शुक्रबार दक्षिणी रूसको भोल्गोग्राड क्षेत्रको ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणले त्यस क्षेत्रमा पनि बिजुली कटौती गरेको गभर्नर आन्द्रेई बोचारोभले टेलिग्राम मार्फत जनाउनु भएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार