मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी, स्वदेश फिर्ता

भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रका नतिजाले  द्विपक्षीय साझेदारीलाई गति दिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली, कात्तिक २६ गते । प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशबिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किनु भएको छ ।

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्नु भएको छ । “भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रम तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ ।

भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रका नतिजाले  द्विपक्षीय साझेदारीलाई गति दिने उहाँले बताउनु भएको छ । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगतरूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आउनु भएको थियो भने प्रधानमन्त्री मोदीले उहाँलाई त्यहाँ सम्म पुगाउन आउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ । “प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तीकरण दीक्षामा भुटानका राजालगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।

यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको, विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ । भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु-दोस्रो जलविद्युत परियोजनाको संयुक्त उदघाटन-भारत-भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ ।

भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार