मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण कोरियाका पूर्व गुप्तचर प्रमुख पक्राउ

चोमाथि एनआइएस ऐन उल्लङ्घन, कर्तव्यमा लापरबाही, झुटा बयान, प्रमाण नष्ट गर्ने र झुटा आधिकारिक कागजात बनाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रिय गुप्तचर सेवाका (एनआइएस) पूर्व प्रमुख चो ताई–योङलाई महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योलको असफल ‘मार्शल ल’ योजनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।

सियोल केन्द्रीय जिल्ला अदालतले चोमाथि प्रमाण नष्ट गर्ने जोखिम रहेको ठहर गर्दै पक्राउ अनुमति दिएको हो । विशेष वकिल चो युन–सुकको टोलीले चोमाथि एनआइएस ऐन उल्लङ्घन, कर्तव्यमा लापरबाही, झुटा बयान, प्रमाण नष्ट गर्ने र झुटा आधिकारिक कागजात बनाएको आरोप लगाउँदै वारेन्ट माग गरेको थियो ।

अनुसन्धान अनुसार, चोलाई राष्ट्रपति युनले टेलिभिजनमार्फत ‘मार्शल ल’ घोषणा गर्नुअघि नै उक्त योजनाको जानकारी थियो, तर उनले राष्ट्रिय सभामा त्यसबारे रिपोर्ट गर्न असफल भएको शंका गरिएको छ । उनलाई संसद् र संवैधानिक अदालतमा झुटा बयान दिएको आरोप पनि लगाइएको छ ।

राष्ट्रपति युनलाई यसअघि गत जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा लिइएको थियो । त्यसपछि संवैधानिक अदालतले अप्रिल ४ मा युनलाई असफल ‘मार्शल ल’ लागू गर्ने प्रयासमा संलग्न रहेको ठहर गर्दै महाभियोग प्रस्ताव स्वीकृत गरी उनलाई पदबाट हटाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार