श्रावण १२, २०८३ मंगलबार July 28, 2026

कांग्रेस सभापति देउवा दम्पत्ति स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २८ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि आज साँझ स्वदेश फर्कनुभएको छ ।
उहाँहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा प्रकाशशरण महतलगायत नेताले स्वागत गर्नुभएको थियो । गत भदौ २४ गतेको  जेनजी प्रदर्शनका क्रममा आफ्नै निवासमा घाइते हुनुभएका देउवा दम्पत्ति यही कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर जानुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया