श्रावण १२, २०८३ मंगलबार July 28, 2026

सुर्खेतको हलकण्डरामा जिप दुर्घटना, १२ जना घाइते

केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा आज बिहान भएको जिप दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।

हलकण्डरा डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नं को यात्रुबाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चार जना यी बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ ।

अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया