श्रावण १२, २०८३ मंगलबार July 28, 2026

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनः पहिरोपछी सडक अवरुद्ध

पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले बताए । पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् ।

पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । ४० मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको छ ।

यो सडक काठमाडौंको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया