असार २३, २०८२ सोमबार July 7, 2025

छोरा मण्डपबाट भागेपछी बाबुलाई चिठ्ठा- अन्तत २१ वर्षकी कन्यासँग विवाह गरे ससुराले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्छन् तर बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई मानसिक पिडा दिन्छन् । यस्तो विवाहले कसैलाई पनि शान्ति दिदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मानिससँग विवाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए ।- एजेन्सी। 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया