मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

नि:शुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समन्वयमा उपचार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी । हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँ बजारको प्राविधिक सहयोगमा पोखराको बाटुलेचौरमा शनिबार सम्पन्न निःशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।

दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गरेका थिए । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए। मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समन्वयमा उपचार गरिने जनाइएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक संघसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्ने बताउँदै स्वस्थ नागरिकबाट मात्रै समृद्ध समाज निर्माण गर्न सकिनेमा जोड दिए ।

क्लबका अध्यक्ष थापाले समाजिक उत्तरदायित्व बहन गर्दै शिविर आयोजना गरिएको जानकारी दिए । अस्पतालका अध्यक्ष शिव पोखरेलले आँखालाई सुरक्षित राख्न नियमित परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याए।

बिरामीलाई नि:शुल्क औषधि वितरण र सहुलियत दरमा चस्मा वितरण गरिएको शिविरबाट लामाचौर, बाटुलेचौर, घार्मी, कुरेचौर, हरिपाउँ, अर्मला, भलामलगायत आसपासका क्षेत्रका बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ । यसअघि क्लबले मुटुसम्बन्धी जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ टेस्ट’ लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार
चेपाङ विद्यालयका १३० विद्यार्थीलाई सांग्रिला बैंकको शैक्षिक सामग्री सहयोग
२०८३ मंग्सिर ६, आइतबार
मधेसका मुख्यमन्त्री यादवले लिए शपथ
२०८३ मंग्सिर ६, आइतबार
सुनचाँदीको मूल्यमा आजपनि भारी गिरावट
२०८३ मंग्सिर ६, आइतबार
शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने
२०८३ मंग्सिर ६, आइतबार
आधारभूत तहमा लिखित परीक्षा बन्द गर्न तुलसीपुरको निर्देशन
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउन सकिन्छ : डीके ढुङ्गाना
२०८३ मंग्सिर ६, आइतबार