श्रावण १९, २०८३ मंगलबार August 4, 2026

हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा

सामान्य रोगका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ। यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताए।

खार्पुनाथ गाउँपालिकामा डा डिजेल यादव, सर्केगाडमा डा ईश्वरी पौडेल र अदानचुलीमा डा गणेश जैसीले सेवा प्रदान गर्नेछन्।

यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो पहल अघि बढाएको बताइएको छ। यसबाट गाउँपालिका तहमा आधारभूत स्वास्थ्य सेवा सुदृढ हुने अपेक्षा गरिएको छ।

गाउँमै चिकित्सक पाउँदा यहाँका नागरिक पनि उत्साहित भएका छन्। सामान्य रोगका लागि लाखौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने विश्वास यहाँका नागरिकको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया