श्रावण १९, २०८३ मंगलबार August 4, 2026

वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९५०० रूपैयाँ, आजदेखि लागू

३४ प्रकारका अनिवार्य परीक्षणसहित स्वास्थ्य परीक्षण शुल्क महँगियो, विवादपछि निर्णय कार्यान्वयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० मंसिर । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सय रुपैयाँसम्म लिने गरेका थिए । तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको छ ।

स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्ने र त्यसका लागि शुल्क बढाउने निर्णय गरेको थियो । सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा ल्याउन सकेको थिएन । यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीहरूले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् । ३४ प्रकारका परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको र त्यसका लागि ९ हजार ५ सय रुपैयाँ लिन संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् । सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेको छ, महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया