मंग्सिर २, २०८३ बुधबार November 18, 2026

इन्टरपोलको अध्यक्षमा फ्रान्सेली प्रहरी नियन्त्रक नियुक्त

इन्टरपोलको अध्यक्षको भूमिका प्रत्येक चार वर्षमा आलोपालो हुन्छ तर शीर्षक धेरै हदसम्म प्रतीकात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिपलाई इन्टरपोलको प्रमुख चुनिएका छन् ।

मोरक्कोमा सम्पन्न ९३ औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल-राइसीको स्थान लिएका हुन्। अल-राइसीले यातनालाई प्रश्रय दिएको भन्दै युरोपबाट धेरै न्यायिक उजुरी परेका थिए।

इन्टरपोलको अध्यक्षको भूमिका प्रत्येक चार वर्षमा आलोपालो हुन्छ तर शीर्षक धेरै हदसम्म प्रतीकात्मक छ। फ्रान्सेली प्रहरी निर्देशकका लागि युरोपेली र अन्तर्राष्ट्रिय मामिलाका सल्लाहकारका रूपमा पनि काम गर्दै आएका ५३ वर्षीय फिलिपले ८४ मत प्राप्त गरेका छन् भने उपविजेता टर्किस मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका मोरक्कोको सरकारी समाचार संस्था (एमएपी)का अनुसार उनले ८४ मत प्राप्त गरेका छन् । भने उपविजेता टर्किका मुस्तफा सेर्कान साबान्काले ६० मत प्राप्त गरेका थिए ।

फिलिपले भने, “मेरो स्पष्ट उद्देश्य विश्वव्यापी सन्दर्भको रूपमा सङ्गठनको भूमिकालाई सामूहिक सुरक्षाका लागि सुदृढ पार्नु रहनेछ।”  प्रतिस्पर्धामा नामिबियाकी एनी मेरी नैन्डा र इथियोपियाकी डेमेलास गेब्रेमिचेल वेल्डेस क्रमशः १२ र ८ मत प्राप्त गरेका थिए ।

सन् १९८९ देखि सञ्चालनमा रहेको इन्टरपोलको मुख्यालय फ्रान्सको लियोनमा रहेको छ भने यसको दैनिक कामकाज गर्ने जिम्मा इन्टरपोलका महासचिवलाई नै दिइन्छ । हाल महासचिवको पद सन् २०२४ नोभेम्बरमा पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएका ब्राजिलियन वाल्डेसी उक्र्विजाले सम्हालेका छन् ।

राइसीबाहेक इन्टरपोलका अन्य अध्यक्षहरू पनि विवादको घेरामा तानिएको इतिहास छ। प्रमुख तथा चिनियाँ राजनीतिज्ञ मेङ होङवेई पनि सन् २०१६ मा अध्यक्ष बन्नुभए पनि विवादरहित हुन सकेका थिएनन् ।

बेइजिङले भ्रष्टाचारको आरोपमा मेङलाई सन् २०२० मा साढे १३ वर्षको जेल सजाय सुनाएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार