मंग्सिर २, २०८३ बुधबार November 18, 2026

स्पेसएक्सका ‘राइडसेयर’मिसन सफलतापूर्वक प्रक्षेपण

क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार बिहान १०:४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लस एन्जल्स, मङ्सिर १३ गते । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ । ‘राइडसेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकै पटक धेरै साना उपग्रह वा उपकरणलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो ।

यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रह (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरण) एउटै रकेटमा राखिन्छन् । यसले एउटै प्रक्षेपणमा धेरै उपकरण अन्तरिक्षमा पुर्‍याउन सकिने सुविधा दिन्छ र ठुलो खर्च पनि बचत हुन्छ ।

यसरी, साना र लागत प्रभावकारी मिशन सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ । ‘ट्रान्सपोर्टर-१५’ नाम दिइएको यो मिसन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समयअनुसार बिहान १०:४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सका अनुसार मिशनमा कुल १४० पे-लोड (उपग्रह तथा अन्य उपकरण) रहेका थिए, जसमा क्युबस्याट, माइक्रोस्याट, होस्टेड पे-लोड तथा कक्षान्तरण गर्ने साना यान पनि समावेश थिए । ती मध्ये १३ पे-लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।

स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भने अनुसार, यसको राइडसेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिसन मिलाएर एक हजार ४०० भन्दा बढी पे-लोड सफलतापूर्वक कक्षामा पुर्‍याइ सकिएका छन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार