मंग्सिर २, २०८३ बुधबार November 18, 2026

श्रीलङ्कामा भीषण बाढी-पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोलम्बो, मङ्सिर १३ गते । श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् । महानिर्देशक सम्पत कोटुवेगोदा अनुसार राहत कार्य तीव्ररूपमा अगाडि बढिरहेको छ ।

४३ हजार ९९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य सञ्चालित राहत केन्द्रमा सारिएको छ । भारी वर्षा सोमबारदेखि सुरु भएको थियो र बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ । शुक्रबार साँझ केलानी नदीको तटबन्ध भाचिँदा धेरै मानिस अस्थायी शिविरमा सारिनु परेको थियो ।

देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ । भारतले पीडितका लागि आवश्यक राहत सामग्री पठाइसकेको छ र आवश्यक परे थप सहयोगका लागि तयार रहेको अधिकारीहरूले जानकारी दिएका छन् । सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ, जहाँ हेलिकोप्टर र डुङ्गा प्रयोग गरी फसेका बासिन्दालाई उद्धार गरिएको छ ।

केन्द्रका अधिकारीले बताएअनुसार बाढीको स्तर सन् २०१६ भन्दा बढी हुने अनुमान गरिएको छ, जब ७१ जनाको मृत्यु भएको थियो । सन् २००० पछि श्रीलङ्कामा आएको सबैभन्दा ठुलो बाढी सन् २००३ को जूनमा भएको थियो, जब २५४ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार