मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित

विश्वका अत्यन्तै गरिब राष्ट्रहरू मध्ये पर्ने गिनी–बिसाउ पछिल्लो पाँच दशकदेखि निरन्तर कू र कू प्रयासले अस्थिर रहँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । अफ्रिकी युनियन (एयु) ले गिनी–बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई संगठनबाट निलम्बन गर्ने निर्णय गरेको छ । एयुले असंवैधानिक कदमप्रति आफ्नो शून्य सहिष्णुता दोहोर्‍याउँदै संवैधानिक शासन पुन:स्थापित नहुञ्जेलसम्म गिनी–बिसाउलाई सबै गतिविधिबाट यथाशीघ्र निलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

शुक्रबार एयु शान्ति तथा सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव अनुसार ‘सरकारका असंवैधानिक परिवर्तनहरूमा शून्य सहिष्णुता’ नीति पुनः पुष्ट्याइयो । सोही आधारमा गिनी–बिसाउ गणतन्त्रलाई एयु, यसको अंगसंस्था तथा निकायहरूका सबै कार्यक्रम र निर्णय प्रक्रियामा सहभागी हुन नदिने निर्णय तत्क्षण प्रभावसहित लागू गरिएको परिषद्को भनाइ छ ।

विश्वका अत्यन्तै गरिब राष्ट्रहरू मध्ये पर्ने गिनी–बिसाउ पछिल्लो पाँच दशकदेखि निरन्तर कू र कू प्रयासले अस्थिर रहँदै आएको छ । पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको करिब ५० वर्षपछि पनि देशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको विज्ञहरूको आकलन छ । करिब २२ लाख जनसङ्ख्या रहेको यो देश ल्याटिन अमेरिका र युरोपबीचको लागूपदार्थ तस्करीको मुख्य मार्गका रूपमा परिचित भइरहेको छ, जसले राजनीतिक संकटलाई झनै बढाएको विश्लेषण गरिन्छ ।

पश्चिम अफ्रिकी क्षेत्रीय ब्लक ‘इकोवास’ ले पनि बिहीबार गिनी–बिसाउलाई संवैधानिक शासन पुन:स्थापना नहुँदासम्म निर्णय तहहरूबाट निलम्बन गरेको थियो । राष्ट्रपति तथा विधायी चुनाव सम्पन्न भएको केही दिनपछि बुधबार सैन्य अधिग्रहण भएको थियो । सो चुनावपछि वर्तमान राष्ट्रपति उमरो सिसोको एम्बालो र विपक्षी नेता फर्नान्डो डायस दुवैले आफू विजयी भएको दाबी गरेका थिए, जसले राजनीतिक तनावलाई अझ चर्काएको बताइन्छ ।

राष्ट्रपति एम्बालो सेनेगल सरकारले भाडामा उपलब्ध गराएको उडानमार्फत बिहीबार छिमेकी सेनेगल आइपुगेका थिए । कूपछि गिनी–बिसाउको सैन्य उच्च कमान्डले पूर्व सेना प्रमुख जनरल होर्टा इन्टा-ए-लाई सैन्य सरकार प्रमुखका रूपमा औपचारिक रूपमा स्थापित गरेको राज्य टेलिभिजनले प्रसारण गरेको छ । उनको नेतृत्वमा एक वर्ष लामो सङ्क्रमणकाल सञ्चालन गरिने बताइएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार