मंग्सिर २, २०८३ बुधबार November 18, 2026

भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने राष्ट्रपति ट्रम्पको कडा चेतावनी

पूर्वी प्रशान्त क्षेत्रमा भेनेजुएलासँग जोडिएका २० भन्दा बढी लागुऔषध तस्करीमा संलग्न मानिएका जहाजहरूलाई लक्ष्य गरी कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा यो नवीनतम वृद्धि मानिएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्दै अनुरोध गरे, “सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध व्यापारीहरू तथा मानव बेचबिखनकर्ताहरूका लागि, कृपया भेनेजुएलाको आकाश र वरपरको आकाशलाई यसको सम्पूर्ण क्षेत्रमा बन्द भएकोजस्तै विचार गर्नुस् ।” उनले आफूले दिएको चेतावनीको कारण वा सम्भावित कदमबारे थप विस्तृत विवरण भने प्रस्तुत गरेका छैन ।

यसबीच, अमेरिकी प्रशासनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाजसहित ठूलो सैन्य शक्ति तैनाथ गर्दै भेनेजुएलामाथि दबाब बढाइरहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । वासिङ्टनले यो सैन्य गतिविधि लागुऔषध तस्करी रोक्नका लागि गरिएको दाबी गर्दै आएको छ, तर काराकासले भने यो बहानामार्फत शासन परिवर्तन नै अन्तिम लक्ष्य रहेको आरोप दोहोर्‍याउँदै आएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुदेखि क्यारिबियन सागर तथा पूर्वी प्रशान्त क्षेत्रमा भेनेजुएलासँग जोडिएका २० भन्दा बढी लागुऔषध तस्करीमा संलग्न मानिएका जहाजहरूलाई लक्ष्य गरी कारबाही गरेको थियो, जसमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । तर वासिङ्टनले यी जहाजहरू वास्तवमै लागुऔषध तस्करीमा प्रयोग गरिएको वा अमेरिकामाथि खतरा बनेको ठोस प्रमाण सार्वजनिक गर्न सकेको छैन ।

विस्तारित सैन्य अभियान र लगातार भइरहेका कारबाहीका कारण क्षेत्रीय तनाव झन् चुलिन पुगेको छ । यसैबीच न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प र राष्ट्रपति मदुरोबीच गत हप्तामात्रै फोन वार्ता भएको र सम्भावित रूपमा संयुक्त राज्य अमेरिकामा प्रत्यक्ष भेटबारे पनि प्रारम्भिक छलफल भएको उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार