कार्तिक २५, २०८३ बुधबार November 11, 2026

महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

१३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कन्सल्टिङ प्रालिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी गराएको आरोपमा उनीहरूविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो दाबी गरिएको छ।

मुद्दा अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक नल विक्रम थापा, वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक समृद्धि श्रेष्ठ, परामर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालि तथा त्यसका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध दायर गरिएको हो।

मुद्दा दर्ताअघि प्रदीप अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। ढिलाइ भएकाले बयान तथा थुनछेक बहस शुक्रबार हुने आयोगका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकाले पारिवारिक प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री शाह
२०८३ कार्तिक २५, बुधबार
फाल्गुनन्दका विचार आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छन् : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २५, बुधबार
Bhai Tika Celebrated Across Nepal as Brothers Receive Tika from Sisters
२०८३ कार्तिक २५, बुधबार
तिहारको अन्तिम दिन भाइटीका आज, उत्तम साइत बिहान ११:०७ बजे
२०८३ कार्तिक २५, बुधबार
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार