श्रावण २८, २०८३ बिहिबार August 13, 2026

संसदीय उपसमितिद्धारा कोरोना अस्पतालको अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ ।

संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।

उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाईको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिनुभयो ।

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना सङ्क्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो ।

हाँले कोरोना उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिनुभयो । चन्द्रागिरीमा शुक्रबारसम्म २२७ जना कोरोना सङ्क्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गईसकेका छन् । यस्तै, ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा सुदा महर्जनले बताउनुभयो । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण दुईजनाको ज्यान गएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
२०८३ श्रावण २८, बिहिबार
महिला उद्यमीलाई साझा मञ्चमा ल्याउँदै कांग्रेस, भदौ ११ गते सम्मेलन
२०८३ श्रावण २८, बिहिबार
इरानमा बढ्दो मृत्युदण्डप्रति ३२ देशको चिन्ता, बन्दी रिहा गर्न माग
२०८३ श्रावण २८, बिहिबार
बिहान कागती पानी पिउँदा हुनेछ यस्ताे फाइदा
२०८३ श्रावण २८, बिहिबार
स्वदेश फर्किए देउवा, कांग्रेस नेता कार्यकर्ताले गरे स्वागत
२०८३ श्रावण २८, बिहिबार
कांग्रेसमा एकताको खोजी : बद्रीप्रसाद पाण्डे
२०८३ श्रावण २८, बिहिबार
झापामा जापानीज इन्सेफ्लाइटिसको जोखिम बढ्यो, ९ संक्रमित, ५ को मृत्यु
२०८३ श्रावण २८, बिहिबार