कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक’

सरोकारवालाहरूले समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी सुव्यवस्थित शासन व्यवस्था कायम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अधिकार र दायित्वको समुचित प्रयोग र परिपालनाबाट मात्रै मानव अधिकारमैत्री समाजको निर्माण हुनसक्ने बताउनुभएको छ ।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मगरले समसामयिक मानव अधिकारका सवाल, जलवायु परिवर्तन, भ्रष्टाचार र मानव अधिकारजस्ता विषयलाई प्राथमिकतामा राखी काम गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

“नेपालको मानव अधिकारको कुरा गर्दा सङ्क्रमणकालीन न्यायको विषयलाई अलग गर्न मिल्दैन, १० वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितको न्यायपरिपूरणको विषय हामी सबैको साझा सरोकार र जिम्मेवारीको विषय भएको छ, सङ्क्रमणकालीन न्यायका विषयलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सुशासन, सामाजिक न्याय, जबाफदेहिता र नवपुस्ताको मागलाई सम्बोधन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष एवं १७औँ मानव अधिकार महाभेला २०८२ का संयोजक शोभा बिसीले विधिको शासन र मानव अधिकारको रक्षाका लागि क्रियाशील रहेर सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जेनजी आन्दोलनले देशको अस्तित्व, संविधान र लोकतन्त्रमाथि नै खतरा उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको भूमिकाको प्रशंसा गर्नुभयो ।

समारोहमा सरोकारवालाहरूले समयमै शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी सुव्यवस्थित शासन व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार