मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय

फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिलाई गलत क्षति पुगाएको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद, मङ्सिर २५ गते । पाकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर-सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ ।

जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका फैज हमिदलाई राजनीतिक गतिविधिमा संलग्न रहि व्यक्तिलाई गलत क्षति पुगाएको अभियोगमा दोषी ठहर गरिएको सेनाले विज्ञप्ति मार्फत जनाएको छ । सन् २०२३ मा प्रकाशित सर्वोच्च अदालतको कागजातअनुसार, फैज हमिदमाथि शक्तिको दुरुपयोग र निजी व्यवसायमा छापा मारेको आरोप लगाइएको छ ।

गुप्तचर प्रमुखलाई पाकिस्तानी सेनाको दोस्रो सबैभन्दा शक्तिशाली पद मानिन्छ । “लामो कानुनी कार्यबाहीपछि अभियुक्तलाई सबै अभियोगमा दोषी ठहर गरी अदालतले १४ वर्षको कारावासको सजाय सुनाएको विज्ञप्तिमा जनाइएको छ । विज्ञहरूका अनुसार फैज हमिद इमरान खानका कट्टर समर्थक थिए, जसलाई केही शीर्ष नेताको समर्थन गुमाएपछि अविश्वास मतद्वारा हटाइएको थियो ।

सेना प्रमुखको प्रतिष्ठित पदका लागि दावेदारका रूपमा रहेका जनरल, फैज हमिदले खानले सत्ता गुमाएको केही महिनापछि प्रारम्भिक सेवा निवृत्ति लिएको जनाइएको छ । यस लगतै उहाँलाई पाकिस्तानी सेना ऐन उल्लङ्घन गरेको पनि आरोप लगाइएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया