कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान

११ दलपछि अन्य दललाई भने निवेदन दर्ताको क्रमअनुसार क्रमसंख्या र चिन्ह प्रदान गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगले शुक्रबार मंसिर २१, २२ र २३ गते गरेर ३ दिनको समय सीमा भित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम हुन १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह प्रदान गरेको हो ।

जसमा पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को पाँचकुने तारा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी र पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हलो रहेको छ ।

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन सय दलले निवेदन दिएको भए पनि कतिपय दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिने गरी निवेदन दिएका कारण ९३ वटा निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै छैटौँमा जसपाको ढल्केको छाता, सातौँमा जनमत पार्टीको लाउड स्पिकर, आठौँमा नागरिक उन्मुक्ति पार्टीको पिँध भएको सादा ढकिया, नवौँमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल, दशौँमा नेमकिपाको मादल र एघारौँमा राष्ट्रिय जनमोर्चाको गिलास परेको छ।

यी ११ दलपछि अन्य दललाई भने निवेदन दर्ताको क्रमअनुसार क्रमसंख्या र चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ। यसअनुसार मतपत्रको १२ औँ नम्बरमा देश विकास पार्टीको लौरो र १३ औँ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को खुलेको एकल आँखा तोकिएको छ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार