कार्तिक २५, २०८३ बुधबार November 11, 2026

एमाले ११औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने विद्या भण्डारीको अपेक्षा

महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व, जिम्मेवार र देश–विदेशको परिवर्तित राजनीतिक परिस्थितिबारे सचेत रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ गर्दै सक्षम र दूरदृष्टियुक्त नेतृत्व जन्माउने विश्वास व्यक्त गर्नुभएकाे छ।

महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व, जिम्मेवार र देश–विदेशको परिवर्तित राजनीतिक परिस्थितिबारे सचेत रहेको उल्लेख गर्नुभएकाे छ। यस्तो अवस्थामा सम्पन्न हुन लागेको महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मूल्यहरूलाई व्यवहारमा उतार्दै पार्टीको आन्तरिक जीवनलाई थप लोकतान्त्रिक बनाउने उहाँको भनाइ छ।

उहाँले वर्तमान राजनीतिक अवस्था तरल रहेको उल्लेख गर्दै हालसम्म प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप प्रगतिका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ । साथै, मुलुक र जनताप्रति उत्तरदायी तथा दूरगामी निर्णयहरू गर्न यो महाधिवेशन सफल सावित होस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएकाे छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार