कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘देशमा सामाजिक न्याय र सुशासनसहित आर्थिक क्रान्ति जरुरी छ’ – कुलमान घिसिङ

भ्रष्टाचारमुक्त, सुशासन कायम भएमा धेरै समस्या समाधान हुने तर्क दिँदै उहाँले अब बोलेर नभई एक्सनमा जानुपर्ने समय आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले देशमा स्थायित्वको लागि आर्थिक क्रान्ति जरुरी रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश स्तरीय भेलालाई पोखरामा शनिबार सम्बोधन गर्दै उहाँले देशमा स्थायित्वको लागि आर्थिक क्रान्ति सहित सामाजिक न्याय र सुशासन कायम हुनु पर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमुक्त, सुशासन कायम भएमा धेरै समस्या समाधान हुने तर्क दिँदै उहाँले अब बोलेर नभई एक्सनमा जानुपर्ने समय आएको बताउनुभयो । देशमा विकासको अर्को बाधक एन कानून तथा नियम रहेको उल्लेख गर्दै मन्त्री घिसिङले जनताको हित विपरीतका कानुनहरू अब पूर्ण रुपमा खारेज गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सही समयमा सही व्यक्तिहरू नेतृत्वमा पुग्न नसक्दा देशमा अपेक्षित परिवर्तन र विकासले गति लिन नसकेको मन्त्री घिसिङको भनाई थियो । जेनजी आन्दोलनले सरकार परिवर्तन गराए पनि देशको सिस्टम र व्यवस्था परिवर्तन हुन नसकेको उहाँले उल्लेख गर्नु भयो ।

पोखराको सौन्दर्यता र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउँदै मन्त्री घिसिङले पोखरामा पटक–पटक विद्युत् लाइन काटिने समस्या अब नदोहोर्‍याउने गरी व्यवस्थापनको काम अगाडि बढेको जनाउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा मन्त्री घिसिङले निर्माण सम्पन्न भइसकेपछि त्यसबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कनेक्टिभिटी विस्तार गर्न सके पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने उहाँको विश्वास छ ।

ठेक्का अलपत्र छाड्दा रोजगारी सिर्जना नहुने उल्लेख गर्दै मन्त्री घिसिङले आर्थिक विकास बिना रोजगारी सम्भव नरहेको बताउनुभयो । विकासका क्रममा चुनौती लिनैपर्ने धारणा राख्दै उहाँले भोट बैङ्कको डरले विकास रोकिन नहुने स्पष्ट पार्नुभयो ।

घिसिङकै संरक्षकत्वमा गठन भएको उक्त पार्टीमा गण्डकी प्रदेशभरका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा पोखराकी पर्यटन व्यवसायी लक्की क्षेत्रीले देशमा आफूहरूले आर्थिक विकास र समृद्धिको नारा मात्र सुन्नुपरेको गुनासो गर्दै अब देशमा विकास चाहेको जनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार