काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार हाइकिङका क्रममा अचेत भएका छन् । उनी काठमाडौँको दक्षिणी भेगमा रहेको चम्पादेवी क्षेत्रमा हाइकिङ गएका बेला अचानक अचेत भएको बताइएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार हाइकिङका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि राजदूत श्रीवास्तव बेहोस भएका हुन् । घटनाको जानकारी पाएलगत्तै नेपाली सेना तथा सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार राजदूत श्रीवास्तवलाई सैनिक हेलिकप्टरमार्फत काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएर उपचार भइरहेको बताइएको छ ।
राजदूतको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी थप जानकारी आधिकारिक निकायबाट आउने अपेक्षा गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया