कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मधेश प्रदेशमा सरकार बिस्तार – लोसपा र माओवादी पनि सहभागी

कांग्रेस बाहेक एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १/१ जना मन्त्री बने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् आज विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुखबाट नियुक्त हुनुभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीको रुपमा सपथ लिनुभएको हो ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले प्रदेश प्रमुखको सचिवालयमा साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि बिना विभागीय मन्त्रीको रुपमा रहनुभएका कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाइसक्नुभएको छ । दुई मन्त्री थपिएसँगै प्रदेश सरकार ६ सदस्यीय भएको छ । अहिले सरकारमा कांग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १/१ जना मन्त्री रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार