श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए-नलगाएको बारे स्पष्ट नरहेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरूमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।

सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरूमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए-नलगाएको बारे स्पष्ट नरहेको उनले जानकारी दिए । सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन् ।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार